३० चैत्र २०८१, शनिबार | Sat Apr 12 2025


नेपाल बारले भन्यो- शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्‍याउन सरकार र आयोगहरू जिम्मेवार हुनुपर्छ


364
Shares

काठमाडौं । नेपाल बार एसोसिएसनले शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्‍याउन र पीडितलाई न्याय दिन नेपाल सरकार र गठित आयोगहरू जिम्मेवार हुन जरूरी रहेको बताएको छ ।

मंगलबार एसोसिएसनका अध्यक्ष वरिष्ठ अधिवक्ता गोपालकृष्ण घिमिरे र महासचिव अधिवक्ता अन्जिता खनालले विज्ञप्ति जारी गर्दै शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्‍याउन सरकार र गठित आयोगहरू नै जिम्मेवार हुन जरूरी रहेको बताएको हो ।

विज्ञप्तिमा शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्‍याउने उद्देश्यले विगतमा भएको विस्तृत शान्ति सम्झौता, नेपालको संविधान तथा गठित सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिहरूको छानबिन आयोगको क्षेत्राधिकार अन्तर्गतका कार्य गर्दै आइरहेको अवस्थामा शान्ति प्रक्रियालाई तार्किक निष्कर्षमा पुर्‍याउन नेपाल सरकार र गठित आयोगहरू नै जिम्मेवार हुन जरुरी भएको उल्लेख छ ।

यस्तै, यस विषयलाई लिएर विवाद सिर्जना हुनेगरी भ्रमपूर्ण अभिव्यक्तिहरू प्रकाशित भएको भन्दै ध्यानाकर्षण भएको पनि जनाएको छ । ती निकायहरूलाई प्रभावित हुनेगरी यस्ता गतिविधि नगर्न,नगराउन पनि एसोसिएसनले आह्वान गरेको छ ।