१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


सडक बत्ती जडान गर्न सहमति लिन आग्रह


156
Shares

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले सडक बत्ती जडान गर्न सहमति लिन आग्रह गरेको छ ।

आफूखुसी सडक बत्ती जडान नगर्न प्राधिकरणले आग्रह गरेको हो ।

साथै प्राधिकरणले सडकमा जडित बत्तीको विद्युत खपत मापनका लागि मिटर जडान गर्न पनि आग्रह गरेको छ ।

सडक बत्तीको बक्यौता धेरै रहेको भन्दै प्राधिकरणले तत्काल भुक्तानी गर्नसमेत माग गरेको छ ।

प्राधिकरणको सहमति नलिई विद्युत लाइनबाट सडक बत्ती जडान नगर्न पनि प्राधिकरणले अनुरोध गरेको छ ।