
एजेन्सी । भारतीय चर्चित अभिनेता आयुष्मान खुराना अभिनित फिल्म ‘ड्रिम गर्ल २’को दोस्रो टिजर सार्वजनिक भएको छ ।
आयुष्मानको फिल्म ‘ड्रिम गर्ल’लाई दर्शकले रूचाएका थिए । फिल्म सन् २०१९मा रिलिज भएको थियो । बक्स अफिसमा सफलता हासिल गरेसँगै फिल्मको दोस्रो भाग ‘ड्रिम गर्ल २’ बनेको हो । फिल्म जुलाई ७, २०२३ मा रिलिज हुँदै छ । होलीको अवसरमा यस फिल्मको दोस्रो टिजर सार्वजनिक गरिएको हो ।
फिल्मको पहिलो भागमा आयुष्मान युवतीको भूमिकामा देखिएका थिए । सार्वजनिक टिजरमा आयुष्मान (पूजा)लाई रणवीर कपूर (मक्कार) सँग फोनमा कुरा गरिरहेको देखाइएको छ । यससँगै रणवीरले आफ्नो फिल्म ‘तु झूठी मैं मक्कर’को बारेमा बताएका छन् भने आयुष्मानले फिल्मको रिलिज मिति बताएका छन् ।
भारतीय सञचार माध्यमका अनुसार फिल्ममा आयुष्मानसँगै अनन्या पाण्डे, परेश रावल, अनु कपूर, विजय राज, राजपाल यादव, सीमा पहवा, गोवर्धन अस्रानी, अभिषेक बनेर्जी, मन्जोत सिंह, मनोज जोशी, अनुशा मिश्रालगायत कलाकारको अभिनय रहने छ ।
राज शान्दिल्याद्वारा लिखित एवं निर्देशित फिल्म ‘ड्रिम गर्ल २’ मा एकता कपूर र शोभा कपूरको लगानी रहेको छ ।
प्रतिक्रिया दिनुहोस्