२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


अधिकारका लागि महिला एकता हुनुपर्छ : उपसभामुख राना


117
Shares

काठमाडौं । उपसभामुख इन्दिरा रानामगरले प्रविधि र सूचना पहुँचमा महिला अग्रसरता आवश्यक भएको बताउनुभएको छ ।

बुधबार ११३औं अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा काठमाडौंमा भएको कार्यक्रममा उपसभामुख रानाले महिला एकजुट भए मात्र सफल हुने बताउनुभयो । अधिकारका लागि महिला एकता हुनैपर्ने उहाँको भनाइ थियो ।

कार्यक्रममा सञ्चारकर्मी रमा सिंहले शिक्षामा पहुँच सहज बनाउने हो भने महिलाका लागि कोटा प्रणाली आवश्यक नपर्ने बताउनुभयो ।

कार्यक्रममा वरिष्ठ कलाकार मिथिला शर्मा, ब्लाइन्ड रक्सकी संस्थापक सृष्टि केसीलगायत विभिन्न क्षेत्रमा स्थापित महिलाले धारणा राखेका थिए ।