
काठमाडौं । चिकित्सा शिक्षा आयोगले दाङको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई नर्सिङ अध्यापनको अनुमति प्रदान गरेको छ ।
आयोगले प्रतिष्ठानलाई स्नातक तहका लागि बिएससी नर्सिङ र बिएन एसको कक्षा सञ्चालन गर्ने अनुमति प्रदान गरेको हो ।
आयोगले प्रतिष्ठानमा नर्सिङ अध्यापनका लागि २०/२० सिट निर्धारण गरेको छ ।
आगामी शैक्षिक सत्रदेखि प्रतिष्ठानमा नर्सिङ अध्यापन सुरु हुने प्रतिष्ठानले जनाएको छ । यसका लागि प्रतिष्ठानमा आवश्यक पूर्वाधार तयार भइसकेको जनाइएको छ ।
अब प्रतिष्ठानमा उपचार सेवासँगै शैक्षिक कार्यक्रम पनि सञ्चालन हुने बताइएको छ ।
प्रतिक्रिया दिनुहोस्