२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


काठमाडौं उपत्यका विश्वकै प्रदूषित शहरको दोस्रो स्थानमा


8.697k
Shares

काठमाडौं । काठमाडौं उपत्यका विश्वकै प्रदूषित शहरको दोस्रो स्थानमा पुगेको छ ।

यूरोपेली प्रदूषण मापन संस्था वल्र्ड एयर क्वालिटी इन्डेक्स (आईक्यूएयर)ले काठमाडौं उपत्यकाको पछिल्लो चार दिनयता वायु प्रदूषण निरन्तर बढ्दै गएको जनाएको छ ।

विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)का अनुसार आईक्युआई ५० भन्दा बढी रहेको वातावरण मानव स्वास्थ्यका लागि घातक हुँदै जाने देखाएको छ ।

आईक्युआईमार्फत हावामा आँखाले देख्न नसकिने प्रदूषणको मात्रा जाँच गर्ने गरेको छ । वातावरण विभागका अनुसार काठमाडौंको वायु प्रदूषणको स्तर विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) को मापदण्डभन्दा ९ गुणा बढी देखिएको छ ।

डब्लुएचओले पिएम–२ दशमलव ५ को मात्रा वार्षिक औसत ५ माइक्रोग्राम प्रतिघनमिटर निर्धारण गरेको छ  । तर, काठमाडौँमा यो मात्रा ४६ पुगेको छ ।