९ बैशाख २०८२, मंगलबार | Tue Apr 22 2025


नेपाललाई अतिकम विकसित देशको अध्यक्षको जिम्मेवारी


0
Shares

काठमाडौं । नेपालले अतिकम विकसित देशको ‘कोअर्डिनेसन ब्यूरो’को अध्यक्षको जिम्मेवारी पाएको छ ।

अतिकम विकसित राष्ट्रहरूको पाँचौ अन्तराष्ट्रिय सम्मेलनमार्फत नेपालले संयोजकको जिम्मेवारी पाएको हो ।

मार्च ५ देखि कतारको राजधानी दोहामा सुरु भएको सम्मेलनले नेपाललाई अतिकम विकसित राष्ट्रहरूको ‘कोअर्डिनेसन ब्युरो’ को अध्यक्षको जिम्मेवारी दिएको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले जानकारी दिएको छ ।

एक महिनापछि संयुक्त राष्ट्रसंघमा एक समारोहबीच उक्त जिम्मेवारीको औपचारिक हस्तान्तरण हुने छ । सम्मेलनमा नेपालले सन् २०२६ सम्ममा अतिकम विकसित राष्ट्रबाट विकासशील राष्ट्रमा प्रवेश गर्ने प्रतिबद्धता दोहोर्‍याएको छ ।

नेपालले संयुक्त राष्ट्रसंघ, त्यसका निकाय र सबै विकास साझेदारहरूले नेपालको विकासशील राष्ट्रमा प्रवेशलाई सहज र सुनिश्चित बनाउन सहयोग गर्नुपर्ने आवाज उठाएको छ ।