
काठमाडौं । गायक राजेशपायल राईले प्रेमिका साङबुङ राईसँग गोप्य रुपमा विवाह गरेको खुलेको छ ।
गत मंसिर २६ गते काठमाडौं महानगरपालिका-३१ को वडा कार्यालयमा उनले विवाह दर्ता गरेको खुलेको हो ।
उनीहरुले सामाजिक परम्पराअनुसार गत भदौ १ गते विवाह गरेको समेत उल्लेख छ ।
यी दुईबीचको विवाहको दर्ता प्रमाणपत्र बुधबार सार्वजनिक भएको हो ।

प्रतिक्रिया दिनुहोस्