१५ फाल्गुन २०८१, बिहिबार | Fri Feb 28 2025


नेपाल प्रहरी श्रीमती संघद्वारा खाद्यान्न तथा कपडा वितरण


585
Shares

काठमाडौं । नेपाल प्रहरी श्रीमती संघले ११३औ विश्व नारी दिवसको अवसरमा काठमाडौंको थापाथली स्थित परोपकार प्रसुती तथा स्त्री रोग अस्पताल र नेपाल प्रहरी अस्पताल महाराजगंजको प्रसुती गृहमा उपचाररत महिलाहरूलाई विभिन्न खाद्यान्न तथा कपडा वितरण गरेको छ ।

संघकी अध्यक्ष कुसुम लता सिंहले खाद्यान्न तथा कपडा वितरण गर्नुभएको हो । सिंहले दुबै अस्पतालका प्रसुती वार्डमा गरी १ सय १५ जना महिलालाई विभिन्न खाद्यान्न तथा लत्ताकपडा वितरण गर्नु भएको थियो । सो अवसरमा परोपकार प्रसुती गृह तथा स्त्री रोग अस्पताल थापाथलीमा कार्यरत अस्पतालका पदाधिकारी तथा नेपाल प्रहरी श्रीमती संघका पदाधिकारीहरूको उपस्थिति रहेको थियो ।

’’सेवा नै धर्म हो’’ भन्ने भावनाले अभिप्रेरित भई राष्ट्र र समस्त नेपालीको उन्नति, प्रगति एवं विकासको वृहत्तर सोचका साथ २०४१ साल भाद्र ४ गते नेपाल प्रहरी श्रीमती संघ नामक मुनाफा रहित संस्थाको स्थापना भएको थियो ।

संघले स्थापना काल देखि नै प्रहरी परिवारका महिलाहरुको मात्र नभएर समग्र महिलाहरुको सीप विकास, आय आर्जन, क्षमता अभिवृद्धि लगायत विभिन्न विषयहरुमा सचेतनाको लागि कार्यक्रमहरु संचालन गर्दै आईरहेको अध्यक्ष सिंहले जानकारी दिनुभयो ।