
काठमाडौं । पहिलो महिला स्वास्थ्य सम्मेलन सुरु भएको छ । बिहीबारदेखि काठमाडौंमा पहिलो महिला स्वास्थ्य सम्मेलन सुरु भएको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखाको अग्रसरतामा आजसम्म सम्मेलन सञ्चालन हुने बताइएको छ । सम्मेलनमा महिला स्वास्थ्यको बहुआयामिक विषयवस्तुमा छलफल गर्नुका साथै यौन तथा प्रजनन स्वास्थ्य र अधिकार, नसर्ने रोग, बालबालिका, किशोर किशोरी र ज्येष्ठ नागरिकको स्वास्थ्य, मानवीय सहायता आवश्यक पर्ने अवस्थामा महिला स्वास्थ्य र पोषणको विषयमा छलफल र प्रस्तुती भइरहेको छ ।
सम्मेलनमा करिब ३ सय प्रतिनिधिहरूको सहभागिता रहेको छ । उहाँले अहिले पनि मातृ मृत्युदर ठूलो चिन्ताको विषय भएको बताउनुभयो । उहाँले किशोरी अवस्थामा नै गर्भवती हुने, बच्चा जन्माउने चुनौतिको विषय र महिलाहरुमा हुने स्तन क्यान्सर, पाठेघरको मुखको क्यान्सर, मानसिक स्वास्थ्यको समस्यालाई यथेष्ठ सम्बोधन हुन नसकेको बताउनुभयो ।
विभाग प्रमुख लालले विपद्को समयमा महिलालाई यौन तथा प्रजनन स्म्बन्धी सेवा र अधिकार सुनिश्चित गर्ने कुरामा जोड दिनुपर्ने बताउनुभयो । उहाँले महिलाहरुमा हुने कुपोषणको समस्या भयावह रहेकाले यी विषयहरुलाई सम्बोधन गर्न आवश्यक रहेको बताउनुभयो । स्वास्थ्य सुरक्षासम्बन्धी ऐनहरु भएपनि त्यसको कार्यान्वयन फितलो रहेको बताउनुभयो । प्रमुख लालले तीन तहका सरकारको समन्वयलाई प्रभावकारी बनाउँदै महिलाका स्वास्थ्यका सवाललाई सम्बोधन गर्न जरुरी रहेको बताउनुभयो ।
त्यस्तै, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकी पूर्वसचिव डा. सुधा शर्माले स्वास्थ्य सेवा बिस्तार भएपनि सेवाको गुणस्तर जनसमुदायमुखी नभएको बताउनुभयो । उहाँले उहाँले देशमा स्वास्थ्य सेवाको गुणस्तरमा वृद्धि गर्नुका साथै सेवाको पहुँचमा पनि बिस्तार गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले प्रविधिको अनावश्यक प्रयोग भइरहेको भन्दै सरकारका नीतिहरुमा र प्रजनन स्वास्थ्यको नीतिमा पनि सुधार गर्दै लैजानुपर्ने बताउनुभयो । उहाँले महिललाई प्रजनन स्वास्थ्यका हिसावमा मात्रै नहेरेर महिलाको जीवनका विभिन्न चरणमा आवश्यक्ताअनुरुपको सेवा बढाइनुपर्ने बताउनुभयो । उहाँले रोगको रोकथाममा अझै बढी ध्यान पुर्याउन आवश्यक रहेको बताउनुभयो ।
त्यस्तै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकी अतिरिक्त सचिव डा. संगीता कौशल मिश्रले महिलाहरुले गुणस्तरीय सेवा कसरी महिललाई सबैभन्दा बढी दिने भन्नेबारेमा छलफल हुनुपर्ने बताउनुभयो । उहाँले गुणस्तरीय स्वास्थ्यमा महिलाको पहुँच बढाउनुका साथै समतामुलक पहुँच बिस्तार गर्नेकुरा नै महत्वपूर्ण रहेको बताउनुभयो । उहाँले प्रजनन स्वास्थ्यका साथै किशोरकिशोरीको स्वास्थ्यको समस्या, नसर्ने रोगको बढ्दो संक्रमण चुनौतिको विषय भएको बताउनुभयो । महिलाको स्तन र पाठेघरको क्यान्सरको विषयमा आवश्यक ध्यान दिन जरुरी रहेको बताउनुभयो । उहाँले महिलाको मानसिक स्वास्थ्यको चुनौति देखिएको पनि बताउनुभयो ।
सम्मेलनमा महिला स्वास्थ्यको क्षेत्रमा प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा काम गरिरहेका सरकारी, गैह्र सरकारी संस्था, प्रतिष्ठान, शिक्षण संस्था लगायतका प्रतिनिधिहरू एवं विज्ञ व्यक्तित्वहरूको सहभागिता रहेको छ । महिला स्वास्थ्यका विभिन्न आयामहरूमा हासिल सफलता, चुनौति एवं अवसर, अन्वेषण विकसित घटनाक्रम र तथ्यांकरूको लेखाजोखा गर्नु सम्मेलनको उद्देश्य रहेको बताइएको छ । सम्मेलन शुक्रवारसम्म चल्ने छ ।
प्रतिक्रिया दिनुहोस्