
काठमाडाैं । काठमाडौं । नेपाल प्रहरीको फरार सूचीमा रहेका नेकपा (एमाले) का सांसद लक्ष्मी महतो कोइरी राष्ट्रपति निर्वाचनकाे मतदान प्रक्रियामा अनुपस्थित भएका छन् ।
प्रतिनिधिसभाका चार सिट खाली रहँदा २७१ र राष्ट्रियसभाका ६९ जना सांसदले मतदान गर्नुपर्नेमा सबै सांसदले मतदान भने गरेनन् । संघीय संसदका ३३० मध्ये ३१३ सांसदले मात्र मतदान गरेका छन् ।
राप्रपा र नेमकिपाले घोषित रुपमै चुनावमा भाग लिएनन् । उता कांग्रेसका सांसद चन्द्र भण्डारी उपचारका लागि भारतमा रहेकाले उनले पनि मतदान गरेनन् । राप्रपाका १४ र नेमकिपाका एक जनाले मतदान गरेनन् ।
प्रतिक्रिया दिनुहोस्