
काठमाडौं । यसपटक राष्ट्रपतिका उम्मेदवार बनेका कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल र नेकपा एमालेका उपाध्यक्ष सुवासभन्द्र नेम्वाङ दुबै राजनीतिक रुपमा अब्वल उम्मेदवार थिए ।
संसदीय राजनीतिक अभ्यासमा पौडेल र नेम्वाङ दुबै बौद्धिक, परिपक्व र खारिएका नेता हुन् । तर बिहिवार भएको राष्ट्रपतिको निर्पाचनमा पौडेल विजयी बन्नु भयो भने नेम्वाङ पराजित हुनुभयो । पौडेल ३३ हजार ८०२ मत भार ल्याएर राष्ट्रपतिमा विजयी बन्दा पौडेलका प्रतिस्पर्धी नेम्वाङको पक्षमा १५ हजार ५१८ मत परेको थियो । पौडेल र नेम्वाङबीचको मतभारको अन्तर १८ हजार २८४ रहेको छ । नेम्वाङलाई उम्मेदवार बनाउने बेला एमालेले यति धेरै मतभारको फरक नपर्ने आकलन गरेको थियो । तर एमालेले सोचे विपरित परिणाम आयो ।
यस्तो थियो एमालेको अपेक्षा
एक एमाले नेताका अनुसार एमालेले नेम्वाङलाई उम्मेदवार बनाउँदा राष्ट्रिय प्रजातन्त्र पार्टी,राष्ट्रिय स्वतन्त्र पार्टी लगायत अरु केही साना दलले आफ्ना उम्मेदवारलाई सघाउने अपेक्षा गरेको थियो । जसले गर्दा नेम्वाङलाई थोरै मत अपुग रहने र त्यसका लागि क्रस भोटिङ हुनसक्ने अपेक्षा थियो,जसमा माओवादीबाट एमालेमा प्रवेश गरेका टोप बहादुर रायमाझी,लेखराज भट्ट,रामबहादुर थापा लगायतले माओवादीका केही प्रदेश सांसदको भोट तान्न सक्ने आश गरेको थियो । तर त्यसो हुन सकेन । राष्ट्रिय प्रजातन्त्र पार्टीले त मतदानमै भाग लिएन भने राष्ट्रिय स्वतन्त्र पार्टीले कांग्रेस उम्मेदवार पौडेललाई मत दिने निर्णय गरयो ।
प्रतिक्रिया दिनुहोस्