९ बैशाख २०८२, मंगलबार | Tue Apr 22 2025


साढे २ किलो चरेससहित एक महिला पक्राउ


1.56k
Shares

बुटवल । साढे दुई किलो चरेससहित रूपन्देहीको भैरहवाबाट एक जना महिला पक्राउ परेकी छन्।

बुधबार साँझ ८ बजेतिर बेलहिया बसपार्कबाट सुनौलीतर्फ जाँदै गरेकी बाग्लुङको निसिखोला गाउँपालिका वडा नं. ६ बस्ने ३६ वर्षीया लालसरा घर्तीलाई लागुऔषधसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रूपन्देहीका प्रवक्ता प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिनुभयाे।

शंकास्पद रूपमा हिँडिरहेकी घर्तीलाई रोकी सोधपुछ र चेक गर्दा उनको साथबाट साढे दुई किलो चरेस बरामद गरिएको प्रहरीले जनाएको छ। प्रहरीले पक्राउ परेकी घर्तीमाथि अनुसन्धान सुरू गरेको जनाएको छ।