
दाङ । दाङमा पछिल्लो समय लागू औषध दुर्व्यसनीहरुको संख्या बढ्दै गएको छ ।
दुर्व्यसनमा फस्नेहरुमा १४ वर्षका किशोरहरु समेत रहेको पाइएको छ ।
सरकारी तथा गैरसरकारी संस्थाहरु लागू औषध दुर्व्यसन विरुद्ध सक्रिय छन् । जिल्लामा १९ वटा सुधार केन्द्रहरू रहेका छन् ।
जिल्लामा प्रहरीले लागु औषध नियन्त्रण र यसबाट बच्नका लागि सचेतनालगायतका काम गर्दै आएको छ । लागु औषध सेवन गर्नेहरुको संख्या बढ्दै गएको हुँदा परिवार र समाजले मुख्य भूमिका खेल्नु पर्ने प्रहरीको भनाई छ ।
‘नयाँ पाइला’ नामक पुनस्थापना केन्द्रले १३ सय बढीलाई कुलतबाट मुक्त गरेको दाबी गरेको छ । लागू औषध दुर्व्यसनमा युवाहरू फस्ने गरेको हुँदा त्यसलाई रोक्नको लागि सबै एक हुन आवश्यक रहेकोमा सरोकारवालाहरुले जोड दिएका छन् ।
प्रतिक्रिया दिनुहोस्