
web pic
अर्घाखाँची । अर्घाखाँचीको छत्रदेव गाउँपालिकाले अन्तरपालिका स्तरीय क्रिकेट प्रतियोगिता गर्ने भएको छ ।
चैत्र ३ गतेदेखि गाउँपालिकाको रातापोखरामा रहेको रगंशालामा प्रतियोगिता हुने छ ।
प्रतियोगितामा जिल्लाका ६ वटै पालिकाबाट प्रतिनिधित्व हुने जनाइएको छ ।
प्रतियोगितामा प्रथम हुनेलाई १ लाख ५० हजार रुपैयाँ, दोस्रोलाई १ लाख २० हजार र तृतियलाई ८० हजार रुपैयाँ पुरस्कार प्रदान गरिने छ ।
खेल क्षेत्रको विकासको लागि अर्घाखाँचीमा पहिलो पटक उत्कृष्ट पुरस्कार राशीको अन्तरपालिका स्तरीय क्रिकेट प्रतियोगिता गर्न लागिएको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत भेषराज पन्थले बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्