३ बैशाख २०८२, बुधबार | Thu Apr 17 2025


पौडेलले गठबन्धनको सहमतिलाई कार्यान्वयन गर्ने राष्ट्रपतिको रुपमा काम गर्नुहुन्न : नेता रिजाल


2.509k
Shares

काठमाडौं । नेपाली कांग्रेसका नेता मिनेन्द्र रिजालले नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले गठबन्धनको सहमति कार्यान्वयन गर्ने राष्ट्रपतिको रुपमा काम गर्नु नहुने बताउनुभएको छ ।

नेता रिजालले नवनिर्वाचित राष्ट्रपति पौडेलले संविधानभन्दा बाहिर गएर गठबन्धन राजनीतिको साक्षिको रुपमा काम नगर्ने स्पष्ट पार्नुभएको हो ।

उहाँले राष्ट्रपतिले गठबन्धनको सहमतिलाई कार्यान्वयन गर्ने राष्ट्रपतिको रुपमा काम नगर्ने पनि स्पष्ट पार्नुभयो । उहाँले गठबन्धनमा भएका शर्तहरुको जिम्मा राष्ट्रपतिले लिएर सोही अनुसार भुमिका गर्नुपर्छ भन्ने नसोच्न प्रधानमन्त्री पुष्पकमल दाहाललाई सुझाव दिनुभयो । गठबन्धनका बीचमा भएको शर्तहरु कार्यान्वयन गर्ने जिम्मेवारी राष्ट्रपतिको नभएको उहाँको भनाई छ ।

नेता रिजालले गठबन्धनका बिचमा भएका सहमति कार्यान्वयन पार्टीले गर्ने र त्यसका लागि नेपाली कांग्रेस इमान्दार हुने बताउनुभयो ।

उहाँले राष्ट्रपति पौडेल गठबन्धनको परिधि भित्र नबस्ने बताउनुभयो । पौडेल आफ्नो पूर्व पार्टी नेपाली कांग्रेसको परिधिभित्र पनि नबस्ने स्पष्ट पार्नुभयो । संविधानको परिधिभित्र बस्ने र संविधानको भावनाभन्दा बाहिर गएर कुनै भुमिका नखेल्ने उहाँले विश्वास व्यक्त गर्नुभयो ।

नेता रिजालले प्रधानमन्त्री पुष्पकमल दाहालले माओवादी पुष्ठभुमिका नेताहरुलाई मिलाएर सोही अनुरुपको राजनीतिक धार बोकेमा कांग्रेसले साथ दिन नसक्ने चेतावनी दिनुभयो । उहाँले माओवादी केन्द्रका नेताहरुलाई जोखिम पार्नु नहुनेमा विगतका सात राजनीतिक दल र तत्कालिन माओवादी पार्टीको प्रतिवद्धता रहेको बताउनुभयो ।

माओवादी केन्द्र वैचारिक रुपमा अन्य माओवादी घटकहरुसँग एक भएको खण्डमा नेपाली काँग्रेसपनि संसदीय फाँटका राजनीतिक दलहरुसँग एकै ठाउँमा उभिने उहाँले बताउनुभयो । उहाँले प्रधानमन्त्री दाहाल कांग्रेसका पूर्व सभापति गिरिजाप्रसाद कोईरालासँग गरेको हस्ताक्षर र वर्तमान सभापति शेरबहादुर देउवासँग गरेको सहमति अनुरुप हिँडेमा कांग्रेसबाट धोका नहुने स्पष्ट पार्नुभयो ।

नेता रिजालले प्रधानमन्त्री दाहालले ०५२ सालमा सुरु भएको सशस्त्र बिद्रोहलाई जनयुद्ध दिवसको रुपमा बिदा दिएर विस्तृत शान्ति सम्झौता, १२ बुँदे समझदारी र संविधानको भावनाभन्दा बाहिर गएको बताउनुभयो । दाहाल यसप्रकारको बाटोमा जान थाले उहाँलाई नेपाली काँग्रेसले बोक्न नसक्ने चेतावनी दिनुभयो ।