८ बैशाख २०८२, सोमबार | Tue Apr 22 2025


सर्वाेच्च अदालतद्वारा प्रधानमन्त्री दाहालकाे मुद्दामा कारण देखाउ आदेश जारी


7.735k
Shares

काठमाडौं । सर्वाेच्च अदालतले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’विरुद्धको मुद्दामा कारण देखाउ आदेश दिएको छ

शुक्रबार न्यायाधीश ईश्वरप्रसाद खतिवडाको इजलासले कारण देखाउ आदेश दिएको हो । गत सोमबार दाहाविरुद्ध अधिवक्ता ज्ञानेन्द्रराज आरण र कल्याण बुढाथोकीले दुई फरक फरक रिट दायर गर्नुभएको थियो ।

निवेदकहरुले दाहालको २०७६ साल माघ १ गते काठमाडौको टुँडिखेलमा आयोजित एक कार्यक्रममा माओवादी द्वन्द्वकालमा भएका १७ हजार हत्या मध्ये ५ हजारको जिम्मेवारी आफूले लिने भन्ने अभिव्यक्तिलाई लिएर रिट दायर गरेका थिए । त्यसको सुनुवाइ गर्दै सर्वाेच्चले कमरण देखाउ आदेश दिएको हो ।सर्वाेच्चले दाहाललाई १५ दिनभित्र आफैं उपस्थित भएर वा प्रतिनिधिमार्फत लिखित जवाफ दिन आदेश दिएको हो ।