८ बैशाख २०८२, सोमबार | Tue Apr 22 2025


डीभी एजुकेसनद्वारा विभिन्न क्षेत्रमा योगदान पुर्‍याउने महिलालाई सम्मान


104
Shares

काठमाडौं । डीभी एजुकेसनले समाजका विभिन्न क्षेत्रमा उल्लेख्य योगदान पुर्‍याउने ९ विशिष्ट महिलालाई सम्मान गरेको छ ।

डीभी एजुकेसनले आज राजधानीमा एक कार्यक्रम गरी समाजमा आफ्ना विशिष्ट प्रभाव पुर्‍याउन सफल ९ जना महिलालाई सक्षम नारी सम्मान २०७९ बाट सम्मान गरेको हो ।

पत्रकारिता तथा साहित्य तर्फ नागरिक नेटवर्कका सीईओ समृद्धि ज्ञवाली, सामाजिक कार्यतर्फ डीआईजी किरण बज्राचार्य, नवप्रवर्तनतर्फ अनुष्का श्रेष्ठ, स्वास्थतर्फ डा. स्वराज राजभण्डारी सक्षम नारी सम्मानबाट सम्मानित हुनुभएको छ ।

यसैगरी, आतिथ्य तथा पर्यटनतर्फ नन्दिनी लहे–थापा, व्यवसातर्फ सेवा पाठक, शिक्षातर्फ डा. शिलु मानन्धर बज्राचार्य, खेलतर्फ शैली बस्नेत र कलातर्फ गायक इन्दिरा जोशीले सम्मान प्राप्त गर्नुभएको छ ।

डीभी एजुकेसन अन्तर्गत्का ट्रीटन इन्टरनेशनल कलेज, शुभश्री कलेज, शेफर्ड कलेज, ट्रीटन स्कूल र डीभी एजुकेशन टेक्नलजीलगायतको सहकार्यमा कार्यक्रम भएको हो ।