९ बैशाख २०८२, मंगलबार | Tue Apr 22 2025


एमालेले बोलायो उपराष्ट्रपतिकाे उम्मेदवार टुंगो लगाउन सचिवालय बैठक


949
Shares

काठमाडौं । नेकपा एमालेले उपराष्ट्रपतिको उम्मेदवारबारे निर्णय गर्न केन्द्रीय सचिवालय बैठक बोलाएको छ ।

शनिबार बिहान नौ बजे बस्नेगरी बैठक बोलाइएको हो ।

बैठकले उपराष्ट्रपतिको उम्मेदवारबारे निर्णय गर्नेछ । साथै राष्ट्रपति निर्वाचनबारे समेत बैठकमा समीक्षा हुनेछ ।

उपराष्ट्रपतिका लागि निर्वाचन आयोगले शनिबारलाई उम्मेदवारी दर्ताको कार्यतालिका यसअघि नै सार्वजनिक गरिसकेको छ ।