
काठमाडाैं । नेपाल–पाकिस्तान मैत्री टी–२० क्रिकेट प्रतियोगिताको आठौं संस्करण आजदेखि शुरु भएको छ ।

काठमाडौंस्थित पाकिस्तानी राजदूतावासले आज आयोजना गरेको ‘नेपाल–पाकिस्तान मैत्री टी–२० क्रिकेट प्रतियोगिता–२०२३’ को उद्घाटन समारोहपछि खेल शुरु भएको हो ।

समारोहलाई सम्बोधन गर्दै नेपालका पूर्व उपप्रधानमन्त्री सीपी मैनालीले प्रतियोगिताले दुई मुलुकका युवालाई एकजुट हुन सघाउने बताउनु भयाे ।

हरेक वर्ष आयोजना गरिँदै आएको प्रतियोगिताको प्रशंसा गर्दै उहाँले यस अवसरका लागि दूतावासलाई धन्यवाद दिनुभयाे। खेलकुद गतिविधिलाई अभिवृद्धि गर्ने उद्देश्यले आयोजित प्रतियोगिताले द्विपक्षीय सम्बन्ध विस्तार गर्न मद्दत पुर्याउने उनको भनाइ छ ।

त्यस्तै, नेपाल किक्रेट संघ (क्यान) का पूर्वअध्यक्ष बिनाराज पाण्डेले युवा नेपाली क्रिकेटरलाई क्षमता अभिवृद्धि गर्न पाकिस्तानी दूतावासले गरेको प्रयासको प्रशंसा गर्नुभयाे ।
प्रतियोगितामा १२ क्रिकेट टोलीको सहभागिता छ । चैत ४ गते सम्पन्न हुने प्रतियोगिता ‘एक्सन स्पोर्टस’ च्यानलमा प्रत्यक्ष प्रशारण गर्ने व्यवस्था मिलाइएको दूतावासले जनाएकाे छ ।
प्रतिक्रिया दिनुहोस्