२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


अर्घाखाँचीका किसानलाई जंगली जनावर नियन्त्रणका लागि तारजाली


871
Shares

अर्घाखाँची । अर्घाखाँचीको पाणिनी गाउँपालिकाले कृषकहरुलाई तारजाली वितरण गरेको छ । बाँदर, बदेल, लगायतका जंगली जनावर धपाउनको लागि कृषकलाई तारजाली वितरण गरिएको हो ।

पाणिनी गाउँपालिका वडा नम्बर– ६ को ५० प्रतिशत अनुदान र कृषकहरुको ५० प्रतिशत लगानीमा ६ मिटर चौडाई र १ सय मिटर लम्बाई भएको जाली कृषकलाई वितरण गरिएको वडा अध्यक्ष कृष्णप्रसाद पौडेलले बताउनुभयो ।

व्यवसायिक कृषि गर्ने ४६ कृषकलाई ९८ सय मिटर तारजाली वितरण गरिएको हो । बाँदर, बदेललगायतका जगंली जनावरले खेतबारीमा लगाएको अन्नबाली नष्ट गरेपछि कृषकहरु हैरानी भएका थिए । तारजाली पाएपछि समस्याको समाधान गर्न सकिने कृषकहरुको विश्वास छ ।

चालु आर्थिक वर्षमा वडा कार्यालयले ४ लाख रुपैँयाँ विनियोजन गरेर जंगली जनावर तथा बाँदर नियन्त्रणका लागि तारजाली वितरण गरेको वडा अध्यक्ष पौडेलले जानकारी दिनुभयो ।

नेपालमै नमुना प्रकृतिको कार्यक्रम भएकाले ३ वर्ष अगाडिदेखि अभ्यासमा आएकाले बाँदर तथा जंगली जनावर नियन्त्रणका लागी तारजाली निकै प्रभावकारी हुने गाउँपालिका कृषि शाखा प्रमुख मेगराज पौडेलले बताउनुभयो ।