२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


बैतडीमा विद्युत सर्ट भएर आगलागी, १२ लाखको क्षति


156
Shares

बैतडी । बैतडीको मेलौलीमा रहेको एक विद्युत सामग्रीको पसलमा आगलागी भएको छ ।

जिल्लाको मेलौली नगरपालीका–७ हरिपुरबजारमा रहेको कृष्ण सिह भण्डारीले सञ्चालन गरेको न्यू उर्जा ट्रेडर्समा आगलागी हुँदा १२ लाख बढीको क्षति भएको हो ।

शुक्रबार राति विद्युत सट भई आगलागी हुँदा पसलमा आगलागी भएको बैतडीका प्रहरी प्रवक्ता एवं प्रहरी निरीक्षक लोकराज जोशीले जानकारी दिनुभयो । आगलागीबाट पसलमा बित्रिः गर्न राखिएका हिटर, सोलार, तारलगायतका विद्युतीय सामान जलेर नष्ट भएका छन् ।

आगलागी भएको थाहा पाउने बित्तिकै प्रहरीलाई खबर गरिएको थियो ।

आगलागी भएको करिब आधा घण्टापछि स्थानीय र प्रहरीले आगो नियन्त्रणमा लिएका थिए ।