
काठमाडाैं । बाराको कोल्हवी नगरपालिका ५ का वडाध्यक्ष नन्दकिशोर चौधरी पक्राउ पर्नुभएको छ ।
रामवनको राष्ट्रिय वन क्षेत्रको जग्गा अतिक्रमणमा वडाध्यक्षको पनि संलग्नता रहेको भन्दै स्थानीय प्रशासनको अनुगमन टोलीले वडाध्यक्ष चौधरीलाई पक्राउ गरेको हो । वन क्षेत्रमा लगाइएको बिरुवा अतिक्रमणकारीले नष्ट गरेका थिए ।
राष्ट्रिय वन क्षेत्रभित्रको करिब ५ हेक्टर खाली भूभागमा केही शङ्कास्पद भूमाफियाहरुले वनको जग्गा अतिक्रमण गर्ने र सुकुम्वासी आयोगबाट पुर्जा लिने नियतले यसो गरेको हुनसक्ने वन कार्यालयले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्