
सप्तरी । नेकपा (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले समृद्धि र विकास निर्माणमा जननिर्वाचित प्रतिनिधिको भूमिका प्रभावकारी बनाउन जरुरी रहेको बताउनुभयो ।
सप्तरीको राजविराजमा मिसन ग्रासरुटअन्तर्गत आज आयोजित पार्टी सुदृढीकरण तथा विस्तार अभियानको जिल्लास्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्नुहुँदै भ्रष्टाचार, सामाजिक भेदभाव र कुसंस्कार दण्डनीय हुने उहाँले चेतावनी दिनुभयो ।
जिल्ला भेलालाई सम्बोधन गर्नुहुँदै एमाले सचिव रघुवीर महासेठले आगामी चुनावमा एमालेले ५१ प्रतिशतभन्दा बढी मत ल्याउने गरी तयारी सुरु गरेको बताउनुभयो ।
एमालेका स्थायी कमिटी सदस्य गुरु बरालले अवसरका लागि प्रयास गर्नु ठीक भए पनि अवसरवादी हुनु निन्दनीय रहेको बताउनुभयो । भेलालाई प्रशिक्षण दिनुहुँदै बरालले समाजवादको पूर्वाधार बनाउन विद्यालय सुधार, आर्थिक, सामाजिक, सांस्कृतिक परिवर्तनको लडाइँ लड्नउहाँले कार्यकर्तालाई निर्देशन दिनुभयो ।
एमाले पोलिटब्यूरो सदस्य रामदयाल मण्डलले मुलुकको समृद्धि, विकास र स्वाभिमानको रक्षाका लागि आफ्नो पार्टी जनतालाई एकताबद्ध गराएर अघि बढ्न तयार रहेको बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्