
पाल्पा । पाल्पाको माथागढी गाउँपालिका–६ रहवासमा टिपर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।
मृत्यु हुनेमा रुपन्देही तिलोत्तमा नगरपालिका–११ गणेशनगरका ४० वर्षीय विष्णु गुरुङ्ग रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायव उपरक्षिक तथा प्रवक्ता वीरेन्द्र थापाले जानकारी दिनुभयो ।
आइतबार बिहान माथागढी–६ चिलेपानीस्थित झडेवा–रहवास भित्री कच्ची सडक खण्डमा गोठादीबाट रहबासमा रहेको पाल्पा सिमेन्टको चुनढुंगा खानीतर्फ जाँदै गरेको लु २ ख ११९६ नम्बरको टिपर दुर्घटना हुँदा चालक गुरुङ्गको घटनास्थलमै मृत्यु भएको हो ।
दुर्घटनामा अर्को एक जना घाइते भएका छन् । टिपरमा सवार माथागढी गाउँपालिका–४ झडेवा बस्ने ५० वर्षीय हुमबहादुर परियार घाइते भएका हुन् । उनलाई उपचारका लागि तानसेन ल्याइएको प्रहरीले जनाएको छ । घाइते परियारको खुट्टामा चोट लागेको र अवस्था मध्यम रहेको छ ।
टिपर सडकबाट ४० मिटर तल खसेको छ ।
प्रतिक्रिया दिनुहोस्