८ बैशाख २०८२, सोमबार | Mon Apr 21 2025


आईसीसी विश्वकप लिग-२ : यूएईविरुद्ध नेपालको उत्कृष्ट सुरुवात, ५ ओभरमै गुमायो ४ विकेट


1.547k
Shares

काठमाडौं । आईसीसी विश्वकप लिग-२ अन्तर्गत त्रिदेशीय एक दिवसीय शृङ्खलामा यूएईविरुद्ध नेपालले चौथो सफलता प्राप्त गरेको छ ।

त्रिवि क्रिकेट मैदानमा नेपालले दिएको २४९ रनको लक्ष्य पछ्याएको यूएईले छैटौं ओभरमा आफ्नो चौथो विकेट गुमाएको हो ।

यस क्रममा नेपालका ललितले २ तथा दीपेन्द्रसिंह ऐरीले १ तथा सोमपाल कामीले १ विकेट लिए।

यूईएका महत्वपूर्ण ब्याटरहरू कप्तान मोहम्मद वासिम र आर्यन लाक्रा आउट भएका हुन्। यूईएले जम्मा ८ रन बनाएको छ भने ५ ओभर सकिएको छ।