२८ फाल्गुन २०८१, बुधबार | Thu Mar 13 2025


नवनिर्वाचित राष्ट्रपति पौडेलद्वारा कांग्रेसबाट राजीनामा


3.744k
Shares

काठमाडौं । नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली कांग्रेसको जिम्मेवारीबाट राजीनामा दिनुभएको छ ।

बिहीबार राष्ट्रपतिमा निर्वाचित हुनुभएका नेपाली कांग्रेसका वरिष्ठ नेता समेत रहनुभएका पौडेलले आइतबार कांग्रेसको सबै पदबाट राजीनामा बुझाउनुभएको हो ।

पौडेलको राजीनामापत्र कांग्रेस नेता राजुराज जोशीले पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेललाई बुझाउनुभएको छ ।

कांग्रेसको वरिष्ठ नेताको जिम्मेवारीबाट पौडेलले राजीनामा बुझाएको कांग्रेस कार्यालयले पुष्टि गरेको छ ।