६ बैशाख २०८२, शनिबार | Sun Apr 20 2025


शहीद स्मारक ‘ए’ डिभिजन लिगमा आजबाट चौंथो चरणका खेलहरू सुरू हुँदै

हिमालयन शेर्पा क्लबले एफसी खुमलटारको सामना गर्ने

91
Shares

काठमाडौं । शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलका चौंथो चरणका खेलहरु साेमबारबाट सुरु हुने भएका छन् ।

ललितपुरको च्यासल मैदानमा साेमबार दिउँसो साढे २ बजे सुरु हुने खेलमा चौंथो चरणका दुई खेल हुने भएका हुन् । खेलमा हिमालयन शेर्पा क्लबले एफसी खुमलटारको सामना गर्ने भएकाे छ।

साँझ साढे ५ बजे दशरथ रंगशालामा सातदोबाटो युथ क्लब र थ्री स्टार क्लब भिड्ने भएका छन् । जारी लिगमा तेस्रो चरणको समाप्तीसम्म ब्वाइज युनाइटेड ९ अंकसहित शीर्ष स्थानमा रहेकाे छ । समान ९ अंक जोडेको सातदोबाटो युथ क्लब गोल अन्तरको आधारमा दोस्रो स्थानमा रहेकाे छ ।

७ अंक जोडेको जावलाखेल युथ क्लब तेस्रो स्थानमा छ । ५–५ अंक जोडेका त्रिभुवन आर्मी क्लब र मनाङ मस्र्याग्दी क्लब क्रमशः चौथो तथा पाँचौं स्थानमा रहेका छन् । १४ टोली सहभागि ‘ए’ डिभिजन लिगको पुछारका दुई स्थानमा नेपाल पुलिस क्लब र मच्छिन्द्र क्लब रहेका छन् ।