१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


सबैले विद्युतीय सवारी प्रयोग गरौं : घिसिङ


1.976k
Shares

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले विद्युतीय सवारी साधन प्रयोग गर्न सबैलाई आह्वान गर्नुभएको छ ।

सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै प्रबन्ध निर्देशक घिसिङले विद्युतीय सवारी साधन प्रयोग गर्न सबैलाई आह्वान गर्नुभएको हो ।

उहाँले विद्युतमा गरिएको लगानी सँगसँगै विद्युत खपत पनि बढाउने कार्ययोजना रहेकाले सोही अनुरुप विद्युतिय सवारी साधनहरु आइरहेका बताउनुभयो । उहाँले पेट्रोल तथा डिजेलबाट चल्ने सवारी साधनहरुभन्दा विद्युतबाट चल्ने सवारी साधन कयौँ गुणा सस्तो पर्ने बताउनुभयो ।

त्यस्तै, विद्युतीय सवारी साधनको प्रयोगले प्रदुषण पनि घट्ने भन्दै उहाँले विद्युतिय सवारी साधन प्रयोग गर्नुको फाइदा मात्रै भएको बताउनुभयो । वातावरणीय र स्वास्थ्य सुरक्षाको दृष्टिले विद्युतिय सवारी साधन नै उपयुक्त भएको उहाँले बताउनुभयो ।

उहाँले नेपालमा बर्खायाममा पर्याप्त विद्युत रहेको भन्दै आगामी दुई वर्षभित्रमा हिउँदे याममा पनि विद्युत पुग्ने स्थिति हुने बताउनुभयो ।