
काठमाडौं । एमभी दुगड ग्रुप अन्तर्गतको विवेक अटोमोबाइल्स प्रालिले पहिलो पटक विद्युतीय स्कुटर सार्वजनिक गरेको छ ।
कम्पनीले सोमबार एक कार्यक्रमको आयोजना गर्दै नयाँ विद्युतीय दुई पांग्रे स्कुटर ‘जेसिट्स’ सार्वजनिक गरेको हो ।
एमभी दुगड ग्रुपले विद्युतीय सवारी साधनको क्षेत्रमा आफ्नो सहभागिता जनाउँदै इन्डोनेसियन ब्रान्ड जेनिट्सको स्कुटर नेपालमा भित्र्याएको कम्पनीको भनाइ छ ।
नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको उपस्थितिमा जेसिट्स स्कुटर सार्वजनिक गरिएको हो ।
कम्पनीको सोरुम नक्सालमा छ । विद्युतीय स्कुटर जेसिट्सले नेपालीमा एमभी दुगडको बजार विस्तारलाई सहयोग पुर्याउने विस्वास लिएको कम्पनीको भनाइ छ । जेसिट्स स्कुटरमा ५ किलोवाटको विद्युतीय मोटर जडान गरिएको छ ।
यसमा ७२ भोल्ट र २० एएच लिथियम आयन ब्याट्री दिइएको छ भने एक पटकको पूरा चार्जमा एक सय किलोमिटरसम्मको रेन्ज दिने बताइएको छ । स्कुटरको अधिकतम स्पीड ७६ किलोमिटर प्रतिघण्टा तोकिएको छ ।
विद्युतीय जेसिट्स रातो, सेतो र कालो गरी ३ विभिन्न रंगमा उपलब्ध स्कुटरको सुरुवाति बजार मूल्य तीन लाख ५० हजार रुपैयाँ तोकेको छ ।
प्रतिक्रिया दिनुहोस्