१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


संसदीय भूमिकामा महिलाको मूल्यांकन भएन : सञ्चारमन्त्री शर्मा


78
Shares

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले संसदमा महिलाहरुको भूमिकाबारे उल्लेखनीय चर्चा हुन नसकेको गुनासो गर्नुभएको छ ।

सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले संसदमा महिलाहरुले निभाएको भूमिकाको चर्चा हुन नसकेको बताउनुभएको हो ।

उहाँले अवसर पाएका महिलाहरुलाई असफल हुने छुट नभएको बताउनुभयो । उहाँले संसदमा कानून निर्माण गर्दा महिलाहरुले नै सबैभन्दा बढी संशोधन गर्ने भएपनि त्यसको मूल्यांकन हुन नसकेको बताउनुभयो ।

मन्त्री शर्माले संसदमा कोरम पुर्‍याउने सवालमा पनि महिलाहरुको उपस्थिति महत्वपूर्ण रहेपनि त्यसको बाहिरी पक्षमा मूल्यांकन गर्न नसकेको बताउनुभयो । उहाँले संसदको बैठक आयोजना र व्यवस्थापन गर्नेकुरामा पनि महिलाहरुको बढी सहभागिता रहेकाले सञ्चारमाध्यमहरुले महिलाको मूल्यांकन गरी खोजमुलक पत्रकारिता गर्नुपर्ने बताउनु भयो ।

मन्त्री शर्माले पुरुष असफल हुन भनेको एउटा व्यक्ति मात्रै असफल हुनु रहेको तर महिलाहरु असफल हुँदा समाज नै असफल हुने बताउनुभयो ।