८ बैशाख २०८२, सोमबार | Mon Apr 21 2025


चिनियाँ संसदबाट आर्थिक र सैन्य नीति पारित


208
Shares

एजेन्सी । चीनको संसद नेशनल पिपल्स अफ कंग्रेसको १४ औँ अधिवेशनले मुलुकलाई आर्थिक र सैन्य रुपमा शक्तिशाली बनाउने नीति पारित गरेको छ ।

राष्ट्रपति सी जिनपिङको तेस्रो कार्यकालको अनुमोदन र नयाँ प्रधानमन्त्री घोषणा गरेको चिनियाँ संसदले मुलुकलाई आर्थिक र सैन्य रुपमा अझै शक्तिशाली बनाउने नीति पारित गरेको हो ।

संसदीय अधिवेशनको समापनपूर्व बोल्दै राष्ट्रपति सी जिनपिङले सुरक्षा विकासको पहिलो आधार रहेको बताए । समृद्धिका लागि स्थिरता अनिवार्य शर्त रहेको भन्दै सीले राष्ट्रको स्वाधिनता र सार्वभौमसत्ताको रक्षाका लागि रक्षा प्रणालीमा नयाँ आविष्कार र थप आधुनिकता आवश्यक रहेको धारणा राखे ।

सी जिनपिङ चीनलाई सबैभन्दा धेरै कार्यकाल नेतृत्व गर्ने संस्थापक नेता माओपछिका दोस्रो नेता हुन् । संसदको अधिवेशनबाट सीले आफ्ना विश्वासपात्रलाई विभिन्न पद दिनुभएको छ । सीले ली छ्याङलाई प्रधानमन्त्री घोषणा गरे ।

आफ्नो तेस्रो कार्यकालमा सहयोग गर्ने उच्चपदस्थ व्यक्ति छनौट गरे । समग्र चीन राज्यपरिषद्बाट सीको नीति अनुसार शासित हुन्छ,त्यहाँ १० जना हुन्छन् । जसले प्रान्तका प्रशासनदेखि संघीय २६ मन्त्रालयलाई निर्देशन गर्छन् । राज्य परिषद्मा छनौट भएका सबै व्यक्ति सीका विश्वासपात्र हुन् । चीनको संसदले संकटकालीन कानुनको संशोधनको प्रस्तावलाई पनि अनुमोदन गरेको छ । चिनियाँ संसदको १४ औँ अधिवेशन सोमबार नै समापन हुने छ ।