८ बैशाख २०८२, सोमबार | Tue Apr 22 2025


यही टोलीले जिम्बाबे यात्रा तय गर्छ : सन्दीप लामिछाने


27.976k
Shares

काठमाडौं । स्पिनर सन्दीप लामिछानेले मोन्टी देशाईले नेपाली टोली सम्हालेपछि टोली सकारात्मक तरिकाले अगाडि बढीरहेको र यही टोलीले जिम्बाबे यात्रा गर्ने विश्वास व्यक्त गरेका छन् ।

कीर्तिपुरस्थित त्रिभुवन विश्व विद्यालयको मैदानमा सोमबार सम्पन्न खेलपछिको पत्रकार सम्मेलनमा बोल्दै नेपाली टोलीका स्पिनर लामिछानेले अहिलेको टोली सकारात्क तरिकाले अगाडि बढीरहेको बताए । उनले केही समयअघि नेपाली टोली कठिन अवस्थामा रहेको र नयाँ प्रशिक्षको आगमनसँगै टोलीले नयाँ गति लिएको बताए । यही टोलीमा खेलाडी राम्रो तालमेल रहेको भन्दै आगामी दिनमा नेपाली क्रिकेट राम्रो हुने प्रतिक्रिया दिए ।

लामिछानले सोमवार पिएनजीविरुद्ध ९ विकेटको फराकिलो जित निकाल्दा नेपाल अब विश्वकप छनोट पुग्न एक कदम मात्र टाढा छ । सन्दीपले यही खेलमा ५ विकेट निकाल्दा प्लेयर अफ दि म्याच पनि घोषित भए । यस्तै, अर्का स्पिनर ललितनारायण राजवंशीले सन्दीप सम्मिलित टोलीमा दुई स्पिनरबीच अट्याकीङ र रन रोक्ने रणनीतिमा तालमेल बनाउँदै खेल सहज हुने बताए । उनले प्रशिक्षको रणनीति अनुसार खेल्न पाउँदा आपूm खुशी रहेको प्रतिक्रिया दिए ।

नेपालका लागि अर्धशतकीय पारी खेल्दै जित दिलाउनुभएका ओपनर आसिफले सहज बललाई खेल्ने र कठिन बललाई सामना मात्र गर्ने रणनीति भएपनि परिस्थिति अनुसार खेल्दा पिएनजीविरुद्ध सहज सफलता मिलेको बताए । ओपनिङको रुपमा मैदान प्रवेश गर्दा आफ्नो मानसिकता धेरै रन बटुल्ने हुने र टिमको मनोबल उच्च बनाउने हुने गरेको आसिफले बताए ।

अर्का ओपनर कुशल भुर्तेलले हरेक खेल महत्वपूर्ण हुने भन्दै आफ्नै शैलीमा खेल्दा आपूmलाई सफलता मिलेको बताए । प्रशिक्षकलाई कुन खेलाडीबीच कस्तो तालमेल हुने र कस्तो खेल्ने थाहा भइसकेको र सो अनुसार रणनीति बनाउने गरेको बताए । प्रशिक्षकको रणनीति अनुसार खेल्न आपूm सफल भएको प्रतिक्रिया दिए ।

लिग–२ अन्तर्गत अब नेपालले अन्तिम खेल युएईसँग बिहीबार खेल्ने छ । त्यसअघि बुधबार युएई र पिएनजीबीच खेल हुने तालिका छ ।