२ चैत्र २०८१, शनिबार | Sat Mar 15 2025


शेयर बजारमा २४ अंकको गिरावट


91
Shares

काठमाडौं । शेयर बजार सोमबार पनि घटेको छ ।

परिसूचक नेप्से २४.६८ अंकले घट्दा १९५१ दशमलव २१ बिन्दुमा झरेको छ ।

योसँगै सोमबार २५६ कम्पनीको ३३ लाख कित्ता सेयर बिक्री भएका छन् । २६ हजार ८ सय ५० पटक भएको खरिदबिक्रीपछि १ अर्ब १६ करोडको कारोबार भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ ।

सोमबार लघुवित्तका सेयरधनीले धेरै गुमाएका छन् । यसमा खप्तड लघुवित्त, आदर्श लघुवित्त, हिमालयन बैंक, नाडेप लघुवित्त र वीन नेपाल लघुवित्तका सेयरधनीले धेरै दरमा गुमाएका हुन् ।

सोमबार पनि शुभम् पावरका सेयरधनीले ९ दशमलव ९८ प्रतिशत गरे पनि अन्य लगानीकर्ताले न्यून दरमा आर्जन गरेका छन् । सोमबार १८७ कम्पनीका शेयरधनीले गुमाउँदा २४ कम्पनीका लगानीकर्ताले कमाएका छन् ।

५ वटा कम्पनीको भने उही मूल्यमा कारोबार भएको छ । सर्वाधिक कारोबार भने एनआईसी एसियाको भएको छ । उसको ६ करोड २४ लाखको शेयर कारोबार भएको हो ।