८ बैशाख २०८२, सोमबार | Mon Apr 21 2025


भारतीय गायक हनी सिंह चैत्र चाैथाे साता काठमाडाैं आउँदै


845
Shares

काठमाडौं । भारतीय गायक हनी सिंह पहिलो पटक नेपाल आउने भएका छन्।

उनी चैत २५ गते काठमाडौं बौद्धस्थित होटल ह्यात रिजेन्सीको सांगीतिक कार्यक्रममा सहभागी हुन नेपाल आउन लागेका छन् ।

युनिफाइ नेपालको आयोजनामा हुने सांगीतिक कार्यक्रममा सिंहले सहभागिता जनाउने आयोजकले जनाएका छन् ।

गायक सिंहका ‘ब्लु आइज, धिरे धिरे र चार बोतल भोडका’ लगायतका गीतहरू चर्चित छन्।

उनले नेपालमा हुने सांगीतिक कार्यक्रममा आफ्नो चर्चित गीतहरूको प्रस्तुती दिनेछन्।