२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


चार वर्षपछि नेपाल र चीनका उद्योगी व्यवसायी छलफलमा


221
Shares

काठमाडौं । नेपाल र चीनका उद्योगी, व्यवसायीहरुको बैठक चार वर्षपछि बसेको छ ।

सोमबार काठमाडौंको दुई देशका व्यवसायीको संयुक्त बैठक बसेको हो ।

बैठकमा नेपालमा नयाँ व्यापारको सम्भावना, लगानी भित्र्याउन र भइरहेका व्यपारसम्बन्धी समस्या समाधानका उपायदेखि सीमानाकाको समस्याका बारेमा छलफल हुनुका साथै रोकिएका परियोजनाहरु सञ्चालन गर्ने बारेमा छलफल भएको नेपाल च्याम्बर अफ कमर्सका उपाध्यक्ष त्रिभुवन तुलाधरले बताउनुभयो ।

नेपाल चाइना च्याम्बरका अध्यक्षसमेत रहनुभएका तुलाधरले छलफलमा नेपालीहरुलाई भोकेसनल ट्रेनिङ दिने, व्यापारीहरुलाई चिनियाँ भाषा सिकाउन शिक्षकहरु नेपाल पठाउने, रोकिरहेको व्यापार सुचालु गर्ने, उद्योगहरु खोल्ने, नयाँ सम्भावनाहरुको खोजि गर्ने कुरामा पनि छलफल भएको बताउनुभयो ।

अध्यक्ष तुलाधरले चिनियाँ बैंक नेपालमा आउने सम्भावना उच्च रहेको बैठकबाट जानकारी भएको पनि बताउनुभयो । उहाँले बैठकमा दुई देश र दुई देशका व्यापारीहरुको सम्बन्धलाई थप प्रगाढ र सुदृढ गर्ने बारेमा पनि छलफल भएको बताउनुभयो । बैठकका लागि सिसिपिआईटी बेइजिङ र सिसिआईओसीका १२ सदस्य टोली नेपाल आएको हो ।

चीनले नेपाललगायतका अन्य मुलुकहरुसँग व्यापारिक स्थल खुला गर्नुका साथै चीन सरकारले नेपाललाई पर्यटकीय गन्तव्यको सूचिमा राखेसँगै नेपाली उद्योगी, व्यवसायी खुशी भएका छन् ।