२८ फाल्गुन २०८१, बुधबार | Wed Mar 12 2025


बैंकको ब्याजदर घटाउन माग गर्दै व्यवसायीद्वारा राष्ट्र बैंकमा धर्ना


156
Shares

काठमाडौं । देशभरका उद्योग व्यवसायीहरूले नेपाल राष्ट्र बैंक घेराउ गरेका छन् ।

विगत केही समयदेखि चरणवद्ध सडक आन्दोलन गर्दैै आएका देशभरका उद्योगी व्यवसायीले बालुवाटारस्थित नेपाल राष्ट्र बैक अगाडि आन्दोलन गरेका हुन् ।

उद्योगी व्यवसायीहरुले अर्थतन्त्र संकटपूर्ण अवस्थामा रहेको अवस्थामा बैंकहरुले व्यवसायीमाथि चर्को ब्याज लिएको, कर्जामा ठूलो परिमाणमा प्रिमियम चार्ज लगाएको र कर्जा भुक्तानीको समय समेत नदिएको भन्दै बैंकविरुद्ध सडक संर्घषमा उत्रिएका हुन् ।

देशभरका उद्योगी व्यवासायीहरुले आफ्ना पीडा महशुस गराउन केन्द्रीय बैंकको ध्यानाकर्षण समेत गरेका छन् । उद्योग वाणिज्य महासंघका उपाध्यक्ष अञ्जन श्रेष्ठले व्यवसायीहरु आफ्ना पीडा पोख्न राष्ट्र बैंक आएको बताउनुभयो ।

उहाँले अर्थतन्त्रमा आएका समस्याको कारण उद्योगको उत्पादन कमी, रोजगारी कटौती र बजारको मागमा कमी भएको अवस्थामा बैंकले चर्को ब्याजदर सार्वजनिक गरेको भयो । यो विषयमा सरकारले तत्काल समाधान दिन आवश्यक रहेको भन्दै उहाँले सरकारले व्यवसायीहरुसँग छलफल गरी सामाधान गर्न आग्रह गर्नुभयो ।

महाहसंघका अर्का उपाध्यक्ष दिनेश श्रेष्ठले बैंकको चर्को ब्याजदर सरकारले नघटाएसम्म आन्दोलन निरन्तर चल्ने बताउनुभयो । उहाँले प्रधानमन्त्रीले चासो देखाएर बैंकको ब्याजदर एकल अंकमा ल्याउन पहल तत्काल गर्नुपर्ने बताउनुभयो । श्रेष्ठले ब्याजदर कायम गर्ने विषयमा नीतिगत स्थायीत्व आवश्यक रहेको बताउनुभयो । उहाँले अर्थतन्त्र एकदमै संकटमा रहेकाले व्यवसायीले चैत महिनामा पनि ब्याजदर र किस्ता तिर्न नसक्ने अवस्था नभएको बताउनुभयो ।

नेपाल राष्ट्रिय व्यवसायी महासंघका संस्थापक अध्यक्ष नरेश कटुवालले बारम्बार व्यवसायीहरु बैंक विरुद्ध सडक आन्दोलन गर्दा समेत नेपाल सरकार र सम्बन्धित निकायहरु समस्या समाधान गर्न गम्भिर नभएको आरोप लगाउनुभयो । उहाँले पछिल्लो समय बैंकको चर्को ब्याजदर लगायत दादागिरीको कारण व्यवसायीहरु मर्कामा परेको बताउनुभयो ।

उहाँले बैंकहरुले उद्योगी व्यवसायीहरुलाई सुकुम्वासी बनाउने काम गर्न लागेको बताउनुभयो । विगत एक वर्षदेखि व्यवसायीहरू बैंकको ज्यादतीविरुद्ध आन्दोलनमा रहेपनि राष्ट्र बैंकले कुनै सुनुवाइ नगरेपछि बाध्य भएर केन्द्रिय बैंक गर्न बाध्य भएको व्यवसायीहरुले बताए ।