
काठमाडौं । कञ्चनपुर र कैलालीमा बसोबास गर्ने राना थारू समुदायले मंगलबार परम्परागत खखडेहरा पर्व मनाएका छन् ।
यो समुदायले होली पर्वको अन्तिम दिनलाई खखडेहरा पर्वका रुपमा मनाउने गर्दछन् ।
सुदूरपश्चिम प्रदेश सरकारले यस अवसरमा मंगलबार कैलाली र कञ्चनपुरमा सार्वजनिक बिदा समेत दिएको छ ।
आफ्नो समुदायका मानिसको दीर्घायु र सुस्वास्थ्यका लागि खखडेहरा पर्वमा गाउँबाहिर गएर परम्परागत शैलीमा पूजा गर्ने प्रचलन रहेको छ ।
राना थारू समुदायमा एक महिनासम्म होली मनाउने प्रचलन छ । यस पर्वमा खखडेहरा गाउँभन्दा बाहिरबाट गाउँलेले ल्याएका सामग्रीहरु एकजुट गरी प्रधान वा गाउँको चौकीदारले फुटाउने चलन छ, ।
खखडेहरा फुटाइसकेपछि घर आउँदा फर्केर हेर्न नहुने मान्यता छ ।
प्रतिक्रिया दिनुहोस्