१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


विरामीलाई औषधिसँगै परामर्श दिनुपर्छ : पन्थी


91
Shares

कपिलवस्तु । विरामीलाई औषधिको मात्र थमाइदिने नभई परामर्श पनि गर्नुपर्ने लुम्बिनी प्रदेश स्वास्थ्यमन्त्री बिष्णु पन्थीले बताउनुभएको छ ।

मंगलबार नेपाल औषधि व्यवसायी संघ लुम्बिनी प्रदेशको तेश्रो साधारणसभामा बोल्दै मन्त्री पन्थीले यस्तो बताउनुभएको हो ।

उहाँले मेडिकल औषधि बिक्रेताले विरामीलाई औषधि दिँदा औषधिको बारेमा राम्रोसँग परामर्श गरेर दिनुपर्ने बताउनुभयो । उहाँले लुम्बिनी प्रदेशको स्वास्थ्य सेवालाई राम्रो बनाउन महत्वपूर्ण कडी औषधि व्यवसायी रहेको जिकिर गर्नुभयो ।

सरकारले करोडौ रकम औचित्य बिनाको तालिममा खर्च गरिरहेको बताउँदै औषधिको जानकारीका बिषयमा तालिम दिने कामको सुरुवात आफूले गर्ने बताउनुभयो । उहाँले त्यस तालिमले सामान्य मान्छेले पनि कुन औषधिले के काम गर्छ भनेर जाने स्वास्थ्य क्षेत्रको स्थर अझ बढ्ने बताउनुभयो ।

औषधि व्यवसाहिले कमिसनका लागि अस्वस्थ प्रतिस्पर्धा गरिरहेको बताउदै स्वस्थ प्रतिस्पर्धा गर्नुपर्ने बताउदै औषधि व्यवसायको मर्यादालाई कायम राख्न आग्रह गर्नुभयो ।