
अर्घाखाँची । अर्घाखाँचीमा चौथो प्रिमियर लिग (एपिएल)को प्रतियोगिता सम्पन्न भएको छ ।
प्रतियोगिताको उपाधी ईलाभेन ब्रदर्स डिभर्नाले जितेको छ ।
अर्घाखाँची क्रिकेट संघको आयोजनामा सन्धिखर्कको टुडीखेलमा भएको फाइनल खेलमा रोयल सन्धिखर्कलाई ८७ रनले पराजित गर्दै ईलाभेन ब्रदर्श डिभर्ना विजयी भएको हो ।
टस हारेर पहिले ब्याटिंग गरेको डिभर्नाले २० ओभरमा ८ विकेट गुमाएर एक सय २१ रन बनाएको थियो । जबाफी ब्याटिंग गरेको सन्धिखर्कले पुरै विकेट गुमाउदै ८७ रनको फराकिलो अन्तरले हार व्यहोरेको अर्घाखाँची क्रिकेट संघका अध्यक्ष ऋषिकेश भट्टराईले जानकारी दिनुभयो । खेल जितेसँगै डिभर्नाले नगद १लाख १ हजार, ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । दोस्रो हुनेले ५१ हजार ट्रफी मेडल र प्रमाणपत्र प्रदान गरेको उहाँले बताउनुभयो ।
स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद भन्ने मूल नाराका साथ सञ्चालन गरिएको प्रतियोगितामा ४ वटा टिमको सहभागीता रहेको संघका अध्यक्ष भट्टराई बताउनुभयो । प्रतियोगितामा पुष्प वारीयर्स, रोयल सन्धिखर्क, रोयल खाँचीकोट भगवति र इलाभेन ब्रदर्श डिभर्ना टिमको सहभागीता रहेको थियो ।
प्रतिक्रिया दिनुहोस्