
कपिलवस्तु । कपिलवस्तुको बुद्धभुमिको भृकुटी माविका विद्यार्थीले अध्ययनसँगै खेती पनि गर्ने गरेका छन् ।
कृषि विषयको प्राविधिक शिक्षा सामुदायिक विद्यालयमै पठनपाठन हुन थालेपछि विद्यार्थी अध्ययनसँगै खेतीको अभ्यासमा पनि लाग्न थालेका छन् । २०७३ देखि कृषिको अभ्याससँगै अध्यापन सुरु गरेको विद्यालयले दुई विघा जग्गामा माछा र कृषि उत्पादनलाई आधुनिकीकरण गर्ने उद्देश्यले बालबालिकालाई अभ्यास गराएको विद्यालयका प्रधानाध्यापक बेदप्रकाश भुसालले बताउनुभयो ।
कक्षा ९ देखि १२ सम्म ११२ जना विद्यार्थी अध्ययनरत् छन् । कृषि अध्ययनतर्फ विद्यार्थीको आकर्षण बढ्दै गएकाले अध्ययनका लागि रुपन्देही, बाँके र बर्दियाका विद्यार्थी समेत आउने गरेको कृषिधारतर्फका संयोजक रमेश त्रिपाठीले बताउनुभयो ।
जिल्लाको कनकमुनि मावि, अनिरुद्घ पब्लिक माविमासमेत प्राविधिक धारतर्फ बाली विज्ञानका कक्षा सञ्चालनमा रहेका छन् ।
प्रतिक्रिया दिनुहोस्