१५ फाल्गुन २०८१, बिहिबार | Fri Feb 28 2025


जनयुद्धलाई अपराधीकरण नगर्न विप्लवको चेतावनी


117
Shares

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले माओवादी जनयुद्धलाई अपराधीकरण गर्ने प्रयास नगर्न चेतावनी दिनुभएको छ ।

माओवादी जनयुद्धलाई अपराधीकरण गर्न खोज्नेहरुले आफ्नो जीवनको र नेपालको राजनीतिक आन्दोलनमा आफ्नो अस्तित्वको खाल गर्नुपर्ने महासचिव विप्लवको धम्कीमिश्रित प्रतिक्रिया थियो ।

बुधबार काठमाडौंमा आयोजित नेपाल कम्युनिष्ट पार्टी र नेपाल कम्युनिष्ट पार्टी माओवादी समाजवादीबीचको पार्टी एकता घोषणा कार्यक्रममा बोल्दै उहाँले जनताले लडेको त्यो युद्धलाई अपराधीकरण गर्ने काम सम्भव नभएको पनि पटकपटक दोहोर्‍याउनुभयो । जनयुद्धलाई अपराधीकरण गर्ने खालका गतिविधिमा संलग्नहरुलाई छुट दिन नसकिने महासचिव विप्लवको भनाई थियो ।

महासचिव विप्लवले दलाल, पूजीवादी सत्ताको अन्त्य गर्दै वैज्ञानिक समाजवादको स्थापना गर्न नेपालमा कम्युनिष्ट पार्टीहरुबीचको एकता प्रक्रियालाई सुरु गरेको बताउनुभयो । नेपाल राष्ट्रलाई स्वाधिन बनाउने मूल उद्देश्य अन्तरगत आफूहरुले नेपालमा एउटै कम्युनिष्ट पार्टी बनाउने अभियान सुरु गरेको उहाँले दाबी गर्नुभयो ।