
काठमाडौं । कर्णाली प्रदेश सरकारले यस वर्ष एक हजार साना सडक निर्माण गर्ने भएको छ ।
सडकको पहुँचबाट टाढा रहेका कर्णाली प्रदेशका नागरिकलाई सडकको पहुँचमा पुर्याउन प्रदेश सरकारले कर्णालीको सडक निर्माणमा जोड दिएको हो ।
प्रदेश सरकारले ३० लाख रुपैयाँभन्दा कमका योजना नबनाउने निर्णय गरेपछि यस वर्ष विगतमा भन्दा धेरै साना–साना टुक्रे योजना र सडक निर्माणका योजना कम भएको भौतिक पूर्वाधार मन्त्रालयले जनाएको छ ।
भौतिक पूर्वाधार, ऊर्जा तथा जलस्रोत मन्त्रालयले सडक र पुल निमार्णमा आठ अर्ब विनियोजन गरेको छ ।
प्रतिक्रिया दिनुहोस्