
काठमाडौं । प्रधानमन्त्री निवास बालुवाटारमा सत्ता साझेदार १० दलको बैठक बसेकाे छ ।
केही बेरअघि सुरु भएको बैठकमा उपराष्ट्रपतिको चुनाव र प्रधानन्त्रीले संसदबाट विश्वासको मत लिने विषयमा समझदारी बनाउन लागिएको बताइएकाे छ ।
उपराष्ट्रपतिको लागि आगामी ३ गते निर्वाचन हुँदैछ भने प्रधानमन्त्री प्रचण्डले आगामी सोमबार वा बुधबार भित्र विश्वासको मत लिने तयारी गर्नुभएकाे छ ।
प्रतिक्रिया दिनुहोस्