३१ चैत्र २०८१, आइतबार | Sun Apr 13 2025


नेपालमा भारतदेखि अफ्रिकासम्मबाट फलफूल आयात, ९० प्रतिशत भारतीय उत्पादन


4.017k
Shares

काठमाडौं । नेपालमा फलफूल तथा तरकारीको बजार भारतीय बजारमा निर्भर हुने गर्दछ । भारतिय बजारभाउ बढ्दा नेपाली बाजार महंगिन्छ भने भारतीय बजार घट्दा नेपाली बजार पनि घट्ने गर्दछ । नेपालको फलफूल बजार ९० प्रतिशत बढी भारतसँग निर्भर छ ।

जाडो मौसम सकिएको र गमी सुरुवात हुँदा नेपानी फलफूल बजारमा अंगुर, खरबुजा, मेवा, नरिवल लगायतका फलफूलको बाहुल्य छ । जाडो मौसममा सुस्त रहने फलफूल बजारमा गर्मीको सुरुवातदेखि नै चहलपहल बढ्न थालेको हो । बजारमा आएका सबै स्याउ चीनबाट आयातीत हुन् । नेपालले छिमेकी मुलुक, चीन ,भारत, बङ्गलादेश र पछिल्लो समय अफ्रिकाका केही देशबाट समेत करिब २० खालका फलफूल आयात गर्ने गरेको छ ।

यो वर्ष सिजनको बेलामा सुन्तलाले नेपाली बजार धानेको थियो । अहिने नेपाली उत्पादन सकिएपछि बजारमा भारतीय सुन्तला आएको छ । त्यस्तै, नेपाल उखुमा पूर्ण आत्मनिर्भर रहेको छ भने अवको केही महिनामा सुरु हुने आँपको बजार पनि लगभग नेपाली उत्पादनले धान्ने अवस्था रहेको छ । त्यो बाहेका सबै फलफूल आयातीत फलफूल हुन् ।

त्यस्तै, नेपाली बजारमा पछिल्लो समय एभोकार्डाे, किवी, ड्रागन फ्रुट्स लगाएतका फलफूलको माग रहने भएकोले किसान त्यसतर्फ आकर्षित भएका छन् । नेपाली उत्पादननै महंगो हुने हुँदा भारतीय फलफूलले बजार पाउने गरेको पाइन्छ । नेपालमा उत्पादको सिजन भएको बेला आयतमा प्रतिबन्ध लगाएमात्र नेपाली फलफूलले बजार पाउने व्यापारीहरु बताउँछन् । त्यस्तै, सिजनको बेलामा भारतमा निर्यातको समस्या रहेको छ । भारतले अनेक बाहाना बनाएर नेपाली उत्पादन निर्यातमा कडाई गर्दा समस्या हुने गरेको नेपाल फलफूल उद्योग व्यवसायी संघका अध्यक्ष अम्बर बानीयाँ बताउनुहुन्छ ।

गत वर्षको तुलनामा यो वर्ष खासै भाउ नबढेको व्यापारी बताउँछन् । पछिल्लो समय फलफूल खेतीमा नगण्य लगानी र उत्पादनको उचित व्यवस्थापन हुन नसकेको देखिन्छ । त्यस्तै, बढ्दो कालोबजारीको मारमा उपभोक्ता परेका छन् । अझ पसलैपिच्छेका फरक फरक मूल्यले झनै समस्या पर्ने गरेको छ ।