
एजेन्सी । पाकिस्तानको उच्च अदालतले पूर्व प्रधानमन्त्री तथा पाकिस्तान तहरिक ए इन्साफ पार्टीका अध्यक्ष इमरान खानलाई गिरफ्तार गर्न गएको प्रहरीलाई फिर्ता हु्न आदेश दिएको छ ।
भ्रष्टाचारको आरोपमा पक्राउ गर्न गएको प्रहरीलाई अदालतले फिर्ता हुन आदेश दिएपछी गिरफ्तारीका लागि गएको प्रहरी फिर्ता भएको हो ।
यसअघि खानलाई पक्राउ गर्न पुगेको प्रहरीकोे गाडीलाई खानका समर्थकले रोकेपछी ब्यापक झडप भएको थियो । खानका समर्थकहरुले प्रहरीमाथि ढुंगामुढा गरेपछी प्रहरीले बल प्रयोग गर्दा दुबैतर्फ थुप्रै घाइते भएका थिए ।
जसका कारण प्रहरीले उहाँलाई पक्राउ गर्न सकेको थिएन् । पाकिस्तान सरकारले यसअघि पनि खानलाई पक्राउ गर्न पटक पटक गरेको प्रयास बिफल भएको थियो । यसैबीच इमरान खानले आफनो निवास घेरा हाली बसेका समर्थकलाई हात हल्लाएर सम्बोधन गर्नुभएको छ ।
प्रतिक्रिया दिनुहोस्