२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


चलचित्र कलाकार संघको अध्यक्षमा रेजिना उप्रेतीसहितको प्यानल घोषणा


10.296k
Shares

काठमाडौं । नेपाली चलचित्र कलाकार संघको अध्यक्षमा अभिनेत्री रेजिना उप्रेतीले उम्मेदवारी घोषणा गरेकी छिन् ।

बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गरी उहाँले नेपाली चलचित्र कलाकार संघको अध्यक्षमा उम्मेदवारी घोषणा गरेकिहुन् । उनको प्यानलमा उपाध्यक्षमा शिवहरि नेपाल (बैरागी) र सरिता गिरीको उम्मेदवारी रहेको छ भने महासचिवमा पनाह अधिकारीको उम्मेदवारी रहेको छ ।

त्यस्तै, सचिव पदमा जीवन थापा, कोषाध्यक्षमा विनोदकुमार भट्टराई उनको प्यानलबाट उम्मेदवार छन् । त्यस्तै, सदस्य पदमा उहाँको प्यानलबाट रञ्जना खड्का (खुश्बु), खिन्न भण्डारी, निर्मल स्याङत्याङ, लक्ष्मण चौलागाईं, ईश्वरवल्ल्भ उप्रेती, दिलबहादुर दोङ, रामकुमार कार्की, राजेश गोसाईं, नितु कोईराला, भिमसेन बजगाईं र दिनेश अवालको उम्मेदवारी रहेको छ ।

पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष पदकी उम्मेदवार रेजिना उप्रेतीले कार्यान्वयन व्यवस्थापन तथा सञ्चालन, सदस्यता व्यवस्थापन, संघको वेबसाइट व्यवस्थापन, भवन व्यवस्थापन तथा सञ्चालन, संघमा सदस्यहरुको अिभलेख तथा वृत्ति विकास, स्वास्थ्य उपचार योजना, पेन्सन योजना रहेको बताइन् । उनले योजनामा कल्याण्कारी कोष वृद्धि योजना, अन्तरक्रिया तथा गोष्ठी योजना, संघको शाखा बिस्तार र कलाकारको सामाजिक सुरक्षा रहेको बताइन् ।

त्यस्तै, अभिनेत्री उप्रेतीलाई समर्थन गर्न पुग्नुभएका वरिष्ठ कलाकार मदनदास श्रेष्ठले कलाकारहरु अनुशासित नभएको आरोप लगाए । उनले कलाकारहरु कुरा नसुन्ने, नटेर्ने गरेको भन्दै उहाँले कलाकारहरुको गोष्ठीमा आउँदा कलाकारहरु नै गफ गर्ने गरेको र कुनै राजनीतिक दलको कार्यक्रममा गएको जस्तो व्यवहार देखाएको भन्दै असन्तोष व्यक्त गरे । उनले चलचित्र क्षेत्रको विकास गर्न रेजिना उप्रेतीलाई जिताउन पनि आग्रह गरे । उनले कलाकार संघमा आफूले आफूलाई नै कलाकार क्षेत्रमा उत्कृष्ट योगदान दिएको भनेर ठूलो ताम्रपत्र बनाएर राष्ट्रप्रमुखबाट सम्मान ग्रहण पनि गरेको आरोप लगाए ।

त्यस्तै, कलाकार राजेन्द्र खड्गीले यस पटक रेजिना उप्रेतीलाई कलाकार संघको अध्यक्षका लागि छोडिदिन आग्रह गरे । उनले अध्यक्ष पदमा उप्रेतीलाई सहयोग गर्ने बताए ।

नेपाल चलचित्र कलाकार संघको १९ औं साधारण सभा तथा महाधिवेशन चैत्र ४ गते हुँदै छ ।