८ बैशाख २०८२, सोमबार | Mon Apr 21 2025


निर्वाचन आयोगले कांग्रेसलाई सोध्यो २४ घण्टे स्पष्टीकरण


1.82k
Shares

काठमाडाैं । निर्वाचन आयोगले नेपाली कांग्रेसलाई २४ घण्टे स्पष्टीकरण सोधेको छ ।

उपराष्ट्रपति निर्वाचनको प्रचारप्रसार गर्न नपाइने अवधिमा कांग्रेसले बैठकमा उपराष्ट्रपतिका उम्मेदवार रामसहायप्रसाद यादवलाई भोट हाल्न सांसदलाई निर्देशन गर्ने निर्णय सार्वजनिक गरेपछि आयोगले विज्ञप्ति जारी गर्दै स्पष्टीकरण सोधेको हो ।

उपराष्ट्रपति उम्मेदवार रामसहायप्रसाद यादवलाई मत दिने निर्णय सार्वजनिक गरेको भन्दै आयोगले कांग्रेसलाई स्पष्टीकरण सोधेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।