२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


उत्तर कोरियाद्वारा लामो दूरीको क्षेप्यास्त्र प्रहार


234
Shares

एजेन्सी । उत्तर कोरियाले लामो दूरीको क्षेप्यास्त्र प्रहार गरेको छ ।

दक्षिण कोरियाली राष्ट्रपति युन सुक येओल जापान भ्रमणमा जाँदै गर्दा उत्तर कोरियाले क्षेप्यास्त्र प्रहार गरेकाे हाे । राष्ट्रपति येओलको बिहीबारदेखि सुरु हुने जापान भ्रमण अघि उत्तर कोरियाले बिहीबार बिहान अन्तर महादेशीय ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार गरेको हो । जापानी र दक्षिण कोरियाली अधिकारीहरुले उक्त क्षेप्यास्त्र जापानदेखि पश्चिमको जल क्षेत्रमा खसेको बताएका छन् ।

दक्षिण कोरियाली सैन्य प्रमुखले बिहीबार बिहान ७ बजेर १० मिनेट जाँदा उत्तर कोरियाले लामो दूरीको क्षेप्यास्त्र प्रहार गरेको पुष्टि गरेका हुन् । जापानी रक्षा मन्त्रालयले ७० मिनेटसम्म उडेको उक्त क्षेप्यास्त्र आकाशमा ६ हजार किलोमिटर माथिसम्म पुगेको बताएको छ ।

दक्षिण कोरियाली राष्ट्रपति येओल दुई दिने जापान भ्रणका लागि जाँदै गर्दा क्षेप्यास्त्र प्रहार गरेर उत्तर कोरियाले आफ्नो असन्तुष्टि ब्यक्त गरेको विश्लेषण गरिएको छ । दक्षिण कोरिया र जापानबीच १२ वर्षपछि महत्वपूर्ण बैठक हुने भएकाे छ ।

उत्तर कोरियाले प्रहार गरेको क्षेप्यास्त्रको क्षमता अमेरिकासम्म निशाना लगाउन सक्ने रहेको जनाइएकाे छ ।