८ बैशाख २०८२, सोमबार | Mon Apr 21 2025


ईकमर्स साथीको पहिलो वार्षिकोत्सव सम्पन्न


923
Shares

पाेखरा । डिजिटल दुनियामा फड्को मार्दै आइरहेको पोखराको कास्कीमा कार्यालय स्थापना गरी अघि बढेकाे ईकमर्स साथी प्रा.लि. ले प्रथम वार्षिकोत्सव भव्य रूपमा मनाएकाे छ ।

ग्राहक सन्तुष्टि हाम्रो सफलता हो” नाराका साथ फाल्गुन २९ गतेको दिन ईकमर्स साथी प्रा लि को स्थापना भएको थियो। ईकमर्स साथी नयाँपन र विशिष्टताको हिसाबले एक वर्ष पुरानो र एक वर्ष सबल भएको छ । ग्राहक एवम् विद्यार्थीहरुले वर्षभरि देखाउनुभएको अटल समर्थन र विश्वासले निरन्तरता दिइरहेको छ भनेर संस्थापक विजय कुमालले बताए।

ईकमर्स साथी प्रा.लि. को पहिलो वार्षिकोत्सवको अवसरमा इकमर्स साथीका सञ्चालक कुमालले कम्पनीले आफ्नो ग्राहकहरूका लागि बिभिन्न अफरहरु समेत घोषणा गर्नुभएको छ। स्थापना कालदेखि अनलाइन तथा अफलाइन माध्यमबाट वेबसाइट निर्माण, व्यक्तित्व निर्माण सम्बन्धी तालिम लगायतका बिभिन्न तालिमहरू सञ्चालन गर्दै आइरहेको छ।

कार्यालयमा एक कार्यक्रमका बीच भाैतिक रूपमा बार्षिकाेत्सब मनाइएकाे थियाे भने साँझ ७ बजेदेखि अनलाइन माध्यमबाट समेत एक कार्यक्रम सम्पन्न गरिएको छ । बार्षिकोत्सव कार्यक्रमको अवसरमा ईकमर्स साथीका सञ्चालक बिजय कुमालले कम्पनीको बारेमा जानकारी गराउनुका साथै हालसम्म गर्दै आएका गतिबिधिहरूको चर्चा गर्नुका साथै वेबसाइट निर्माणका आधारभूत तत्वहरूका बारेमा जानकारी गराउनुभएको थियो। यस अबसरमा सम्पुर्ण तालिमहरुमा ६०% छुट र सम्पुर्ण सेवाहरुमा ४०% छुट रहेको बताउनुभएको थियो।

कार्यक्रमको सञ्चालन इकमर्स साथीका द्वेय संस्थापक ममता शाहले गर्नुभएको थियो । साथै अवसरमा रेडियो बन्दीपुर ८८.८ मेगाहर्ज तथा गोर्खा संसार डट कम का सञ्चालक रबिन्द्र कंडेल, नेपाल प्रहरीका सब-इन्स्पेक्टर ज्ञानेन्द्र चौधरी, एक्टिभ ग्रिनल्याण बोर्डिंग स्कुल सह- प्राध्यापक प्रदीप खडका लगायतले शुभकामना तथा बधाई मन्तव्य राखेका थिए ।

कार्यक्रममा रामग्राम सगरमाथा एकेडेमीका सह- प्राध्यापक तथा ईकमर्स साथी प्रा.लि.का सदस्य नविन कुमार श्रेष्ठ ज्युले website optimization बारे तालिमदिनुभएको थियो भने NTHMC (Nepal Tourism & Hotel Management college) का कम्प्युटर प्रशिक्षक तथा ईकमर्स साथी प्रा.लि.का सदस्य नवराज ओझा ज्युले website Security र SEO बारे प्रवेश घिमिरेले तालीम दिएका थिए ।